संशोधन सहित एमसीसी पारित गर्ने नेकपाको रणनीति

फागुन ०३, २०७६  

काठमाडौ, ३ फागुन ।

Advertisement

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालले अमेरिकासँग ५० अर्बको अनुदान लिने वा नलिने भन्नेबारे सत्तारुढ नेकपामा देखिएको विवाद्ले अझै निकास पाएको छैन । पार्टीभित्रको विवाद मत्थर पार्न माघ १९ मा गठित कार्यदलले आफ्नो समयसीमाभित्र प्रतिवेदन दिन नसकेर दश दिन समय थपेपछि विवाद झनै चर्कने स्थितिमा पुगेको छ ।

Advertisement

 

Advertisement

विवाद चाँडो सल्टाउने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको इच्छाविपरीत संयोजक झलनाथ खनालले कार्यदलको समय दश दिन थपेको भन्दै ओली निकट नेताहरुले विरोध गरेका छन् । तर कार्यदलभित्र तीन चरणको छलफलपछि पनि कुनै निष्कर्ष निस्किएको छैन । केही दिन भित्रै निष्कर्ष निस्किने खनालले बताए ।


प्रतिक्रिया दिनुहोस