दुई कोठे भवनका लागी पहल गछौँ : विश्वकर्मा

फागुन ०३, २०७६  

तुलसीपुर, ३ फागुण ।

Advertisement

तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देबराज विश्वकर्माले तुलसीपुर ४ खुमखानीमा रहेको प्राथमिक विद्यालय खुमखानीमा आगामी वर्ष दुई कोठे भवनका लागी पहल गर्ने बताएका छन् । विद्यालयको शुक्रवार सम्पन्न भएको अभिभावक भेलालाई सम्वोधन गदै उनले यस्तो बताएका हुन् । विद्यालयमा भवन अभावका कारण पढाई प्रभावित भएको हुदा भवनका लागी आफुले पहल गर्ने उनले बताएका छन् ।

Advertisement

शिशु कक्षा देखी कक्षा पाँच सम्म पढाई सन्चालन हुदै आएको उक्त विद्यालयमा भवनको अभावका कारण दुई वटा कोठामा सवै विद्यार्थीलाई राखेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ । शिशु कक्षा देखी दुई सम्मका विद्यार्थीलाई एउटा कक्षा कोठामा र तिन देखी पाँच सम्मका विद्यार्थीलाई अर्को कक्षा कोठामा राखेर पढाई सन्चालन भईरहेको विद्यालयका प्रधानाध्यापक गंगा विश्वकर्माले जानकारी दिएकी छिन् ।
साथै शिक्षा समितिका संयोजक विश्वकर्माले विद्यालयमा दरबन्दी शुन्य रहेको अवस्थामा भरखरै एक दरबन्दी स्वीकृत गरेको बताउदै आगामी बर्ष थप दरबन्दी स्वीकृतीको पहल गर्ने बताएका छन् ।

Advertisement

विद्यालयको खेल मैदानका लागी पनि पहल गर्ने उनले बताएका छन् । हरेक नागरिक शिक्षित भए मात्रै गाउँबस्तीको विकास हुने भन्दै उनले यस क्षेत्रका बालबालिकाको भविस्यका लागी आफुले विद्यालयको शैक्षिक र भौतिक विकासका लागी सक्दो पहल गर्ने बताएका छन् । यस क्षेत्रका बालबालिका प्राथमिक तह देखी माथिल्नो तहको अध्ययन गर्न टाढा जानुपर्ने बाध्यता भएपछि पढाई छाड्नु पर्ने अवस्था भएको भन्दै विद्यार्थीहरुको समस्यालाई मध्येनजर गदै वडा अध्यक्ष बालकृष्ण रानाको समन्वयमा जनश्रम माध्यामिक विद्यालयमा खुमखानीका बालबालिकालाई पढ्नको लागी होस्टेल व्यवस्थापनमा पहल गर्ने उनको भनाई थियो । विद्यालयमा शिक्षक कर्मचारी, विद्यालय कोठा, फर्निचर, खानेपानी लगाएतका समस्या रहेका छन् । उक्त विद्यालयमा २६ जना विद्यार्थी रहेका छन् भने कार्यालय सहयोगी र दुई जना शिक्षिकाले मात्रै विद्यालय सन्चालन गदै आएका छन् ।
विव्यस गठन
प्राथमिक विद्यालय खुमखानीको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण बहादुर घर्तिको अध्यक्षता एवं शिक्षा समितिका संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष बालकृष्ण रानाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको भेलाले दिल्ली बहादुर घर्तिको अध्यक्षतामा ९ सदस्यि विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । जसको पदेन सदस्यमा वडा अध्यक्ष बालकृष्ण राना, सदस्यहरुमा मनिष बुढा, बेद बहादुर बुढा, रस बहादुर विक, पुर्ण बहादुर थापा लगाएतका रहेका छन् । यस्तै कुल बहादुर विकको अध्यक्षमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस