बालुवाको ढिस्कोले पुरिएर कुवेतमा दाङका चौधरी सहित छ जनाको मृत्यु

फागुन ०२, २०७६  

काठमाण्डौ, २ फागुन ।

Advertisement

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा दाङका एक जना सहित ६ जना नेपालीको मृत्यु भएको कुवेतमा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ ।मृत्यु हुनेमा दाङका श्याम नारायण चौधरी, पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी र ताप्लेजुङका वसन्त गुरुङ रहेका छन् । अन्य दुई जनाको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

Advertisement

बालुवाको ढिस्कोले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

Advertisement

उनीहरु कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्या्क्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दुरीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस