यौन सम्पर्कपछि मोबाईल बल्याक लिष्टमा राख्ने युवक पक्राउ

फागुन ०१, २०७६  

तुलसीपुर, १ फागुन

Advertisement

शारिरीक यौन सम्पर्कपछि मोबाईल बल्याक लिष्टमा राखेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।जबरजस्ती करणी गरेको भन्दै पिडित युवतिले जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले रोल्पाको त्रिवेणी गाउँपालिका–६ जाबल निबासी १९ बर्षका निर्मल पुनलाई पक्राउ गरेको हो ।

Advertisement

तुलसीपुर उपमहानगरपालिका–५ को बस पार्कमा डेरागरी बस्ने आरोपी युवकले गएको माघ २१ गते युवतीकै कोठामा गएर शारिरीक यौन सम्पर्कपछि फोन बल्याक लिष्टमा राखेर वेपत्ता भएका थिए ।

Advertisement

पक्राउ परेका युवकलाई जाहेरीका आधारमा जबरजस्ती करणी  मुद्दा चालाउने प्रहरीले तयारी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए । विहे गर्छु भन्दै शारिक यौनसम्पर्क गरेर वेपत्ता भएपछि जबरजस्ती करणी मुद्दामा  पक्राउ पर्नेको संख्या योसंगै तुलसीपुर तीन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस