२५ औँ जनयुद्ध दिवस मनाइयो

फागुन ०१, २०७६  

दाङ, १ फागुन ।

Advertisement

दाङ सहित देशभर विविध कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस मनाईएको छ । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको सम्झनामा कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।दिवसका अवसरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित अन्य कम्युनिष्ट पार्टीहरुले देशभर औपचारिक कार्यक्रम गरेर दिवस मनाएको जनाएको छ । यता दाङमा नेकपाले औपचारिक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ । जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी नेताहरुले जनयुद्धको बलमा देशमा गणतन्त्र स्थापना भएको बताएका थिए ।

Advertisement

 

Advertisement

कार्यक्रममा केन्द्रीय सदस्य निर्मल आचार्य, दामा शर्मा, इन्द्रजित थारु, हेमराज शर्मा, गंगा बेल्बासेले जनयुद्धको बलमा देशमा बहुमतको सरकार सञ्चालन भइरहेको बताएका थिए । यस्तै नेकपा माओबादी क्रान्तिकारीले पनि देशका विभिन्न स्थानमा रहेर दिवस मनाएको छ । त्यस्तै सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको समुहले पनि जनयुद्ध दिवस मनाएको जनाएको छ ।

 

नेकपा क्रान्तिकारी माओबादी दाङले पनि घोराहीमा जनयुद्ध दिवसका अबसरमा कार्यक्रम गरेको जनाएको छ । घोराहीमा बिरोधसभा गरेर क्रान्तिकारी माओबादीले जनयुद्ध दिवस मनाएको हो । जनयुद्धका क्रममा सहिद बनेकाहरुको सपना पूरा हुन नसकेको भन्दै आफ्नो पार्टीले नयाँ जनबादी क्रान्तिका बाँकी कार्यभार आफ्नो पार्टीको जिम्मेवारीमा रहेको बताएका थिए ।

 

यस्तै रुकुमको मुसीकोटमा तत्कालीन माओवादी जनयुद्धका क्रममा ‘सहिद’ बनेकाहरुको सम्झनामा भव्य पार्कको निर्माण गरिएको छ । संघीय संसद् क्षेत्र विकास कोषको करिब २ करोड रुपैयाँको लागतमा सो पार्क निर्माण गरेर जनयुद्ध दिवसको अवसरमा समुद्घाटन गरिएको हो ।पश्चिम रुकुमका निर्वा्चित सांसद तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभावकर’, रुकुममा कम्युनिस्ट पार्टी स्थापनामा योगदान पुर्याउने बासुदेव गौतम, रुकुम कम्युनिस्ट पार्टीका संस्थापक सदस्य ध्रुव मल्ल र तारा प्रसाद घर्तीले सो पार्कको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस