पिङ खेल्ने क्रममा लडेर नौ बर्षिया बालिकाको मृत्यु

भोजपुर, १ फागुन ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका(७ कोटमा पिङ खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ ।तन्नाको पिङ बनाएर खेल्ने क्रममा घाँटीमा तन्ना बेरिएपछि स्थानीय भाइराज राईकी ९ वर्षीया छोरी निशानाको मृत्यु भएको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमको लागि भोजपुर अस्पताल ल्याइएको प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रवक्ता तथा प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया