बिजौरी उवासंघको निर्वाचन फागुन ८ गते

फागुन ०१, २०७६  

बिजौरी ,फागुन १ ।
बिजौरी उद्योग वाणिज्य संघको निर्वाचन फागुन ८ गते हुने भएको छ । निर्वाचन समितिले फागुन १० गते तोकेको थियो तर सोही दिन प्रदेश एक्स्पो बेलझुण्डीमा उद्घाटन हुने भएकाले जिल्ला समन्वय समितिको अनुरोधमा फागुन ८ गते निर्वाचनको कार्यक्रम राखिएको समितिका सदस्य गिरीराज केसीले जानकारी दिनुभयो ।

Advertisement

निर्वाचनका सम्पूर्ण कार्यक्रम यथावत् राखिएको र मतदानको मिति मात्रै परिवर्तन गरिएको सदस्य केसीले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस