सेनाको ट्रक दुर्घटना,, जमदारको मृत्यु, ६ जना घाइते

माघ २९, २०७६  

तुलसीपुर, २९ माघ 

Advertisement

नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक जमदारकाे मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटाैडा घर भएका जमदार यादवराज धरेल  रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले जानकारी दिएको छ ।

Advertisement

धरेलको घटनास्थलमै मृत्यु भएको सेनाले जानकारी दिएको छ । त्यसैगरी घटनामापरी घाइते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हिटन, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिए ।

Advertisement

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटलमा लगिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी लगिएको हो ।

सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दुर्घटना भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस