बलात्कार गरेको आरोपमा युवक पक्राउ

माघ २९, २०७६  

तुलसीपुर, २९ माघ

Advertisement

बलात्कार गरेरको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका – ३ बुटनिया बस्ने २२ बर्षका मेघलाल विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Advertisement

विकले १५ बर्षकी एक युवतीलाई शान्तिनगर गाउँपालिका–५ को बौलाहखोला जंगलमा गएको माघ २० गते जबरजीती करणी गरेको आरोप छ । आरोपीलाई प्रहरीले तुलसीपुरको बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

युवतीले जबरजीती करणीसम्बन्धी मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । पक्राउ परेका युवकलाई जबरजीती करणी सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस