तुलसीपुरमा मासु व्यवसायीको बदमासी, ट्वाईलेटको पानीले पखालेपछि १५ केजी मासु जफत

माघ २९, २०७६  

तुलसीपुुर,२९ माघ ।

Advertisement

तुलसीपुरको मासु मार्केट , किराना पसल र केहि होटेलमा बुधवार विहान अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुखुरा मासु मार्केटमा एक व्यवसायीले ट्वाईलेटको पानीले मासु सफा गरेको अनुगमन टोलीले फेला पारेको छ ।कुखुरा मासु मार्केट लाईनको पुर्व तर्फ रहेको खड्का फ्रेस हाउसमा अनुगमन गर्दा ब्रोईलर कुखुराको मासु ट्वाईलेटको पानीले सफा गरेको तथ्य फेला परेको छ । पसल सन्चालक मोतिलाल खड्का भने पसलमा थिएनन् ।

Advertisement

ट्वाईलेटको ढोका नजिकै भ¥याङ भरी मासु थुपारिएको थियो भने ढोका नभएकोे ट्वाईलेटमा प्रयोग गरिने जग र बाल्टी समेत मासु छेउमै दुषित हुने गरी राखीएको पाईएपछि अनुगमन टोलीले १५ केजी मासु जफत गरेको हो ।यस्तै राँगा मासु पसलमा पनि फोहोर भएको पाईएको छ ।त्यस्तैगरी फलामका हुक प्रयोग गरेको, मुल्य सुचि देखीने गरी नराखेको, मासु जाली भन्दा बाहिर झुन्ड्याईएको अवस्थामा फेला परेपछि अनुगमन टोलीले तत्काल सुधार गर्न आग्रह गरेको हो । त्यस्तैगरी फलामका हुक जफत गरी स्टिलका प्रयोग गर्न सुझाव दिईएको छ ।यस्तै किराना पसलहरुमा म्याद गुज्रिएका समानहरु पनि जफत गरिएको छ ।

Advertisement

बुटवल किराना पसलबाट म्याद गुज्रिएका ५ हजार बराबरको जङफ्रट, मिठाई, लड्डु, बर्फि लगाएतका समान जफत गरिएको छ । यस्तै अन्य पसलहरुमा उत्पादन मिति नभएका आलु चिप्स, गणेस डेरीबाट उत्पादित केक र डुनोटमा उत्पादन र प्रयोग गर्ने मिति नराखीएको अवस्थामा फेला परेको छ । कतिपय पसल बिना दर्ता सन्चालनमा रहेका छन् । अनुगमन टोलीले मापदण्द विपरितका समान जफत गर्नुको साथै आगामी दिनमा सुधार गर्न सुझाव दिएको छ ।

अनुगमनमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक माया आचार्य, उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावत, तुलसीपुर ईलाका प्रशासन कार्यालयका सुचना अधिकारी यादव भुसाल,पशु सेवा कार्यालयका सुवास आचार्य, ईलाका प्रहरी कार्यालय, पत्रकार लक्ष्मण विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस