शान्तिनगरमा वडाअध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

माघ २८, २०७६  

निराश पाण्डे

Advertisement

शान्तिनगर, २७ माघ स्वास्थ्यकालागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ सोमबार देखि शान्तिनगर गाउँपालिका– ३ को आयोजनामा वडा अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएकोछ ।

Advertisement

खेलकुद कार्यक्रमको उद्घाटन गर्दै शान्तिनगर गाउँपालिकाका अध्यक्षक मानसिँह डाँगीले खेलाडीहरु राष्ट्रका गहनाभएको बताउदै उनिहरुको जगेर्नाका लागी राष्ट्रले लगानीगर्नु पर्ने बताए ।

Advertisement

संदिप लामीछाने र पारश खड्काको उदाहरण दिदै प्रमुख अतिथी डाँगीले खेलक्षेत्रमा शान्तिनगर गाउँपालीकाले पनि लगानी गरेको बताए । ३ नम्बर अध्यक्ष बुद्धिराम तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बिश्वकर्मा, शशिधर के सी, नन्दलाल पाण्डे, लगाएतले बोलेकाथिए ।

३ दिनसम्म संचालन हुने कार्यक्रममा भलिबल, फुटबल र कराँते प्रतियोगिता हुने छन् ।

 


प्रतिक्रिया दिनुहोस