अधिवेशनकाका लागि एन प्याव्सनको तयारी पुरा

माघ २७, २०७६  

तुलसीपुर, २७ माघ

Advertisement

एन प्याव्सन दाङको भोलि माघ २८ गते हुने अधिवेशनको तयारि पुरा भएको छ । तुलसिपुरको समिक्षालय भवनमा भोलि विहान ९ वजे देखि हुने अधिवेशन उदघाटन कार्यक्रमको सम्पुर्ण तयारि पूरा भएको एन प्याव्सन दाङका अध्यक्ष भिम वहादुर वुढाथोकिले जानकारी  दिए । अधिवेशनको उदघाटन केन्द्रीय अध्यक्ष रितुराज सापकोटाले गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

अधिवेशनले ३ वर्षे कार्यकालका लागि नया नेत्रृत्व चयन गर्ने छ । अधिवेशनमा केन्द्रिय पदाधिकारि , छिमेकि जिल्लाका अध्यक्ष सहित जिल्लाका एन प्याव्सन दाङमा आवद्ध विद्यालयका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने सचिव ठाकुर प्रसाद डाँगीले जानकारी दिए । अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष विमल गौतम र उपाध्यक्ष भोजराज न्यौपानेको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक सुवोध कुमार डाँगीले जानकारी दिए ।

Advertisement

नयाँ नेतृत्व सर्वसहमतिमा चयन गर्नका लागि छलफल भै रहेको समेत निर्वाचन समितिले जनाएको छ । यसैविच भोलि हुने अधिवेशनमा सहभागी हुनका लागि सम्पूर्ण विद्यालयका प्रतिनिधि, प्रयवेक्षक , पत्रकार लगाएत सम्पुर्ण लाई आग्रह गरिएको छ । एन प्याव्सन दाङका अध्यक्ष भिम वहादुर वुढाथोकि र सचिव ठाकुर प्रसाद डाँगीले  एक विज्ञप्ति जारि गरि कार्यक्रम मा उपस्थितिका लागि आग्रह गर्नु भएको छ ।।

 

 


प्रतिक्रिया दिनुहोस