पालिका स्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता हुदै

माघ २७, २०७६  

तिर्थराज ज्ञवाली

Advertisement

मसुरीया, २७ माघ / यस वर्षको राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता मंगलवार देखी सुरु हुन थालेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।

Advertisement

आर्थिक वर्ष २०७६।०७७ को स्वीकृत वाषर््िाक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको कार्यालयको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता माघ २८, २९ र फाल्गुण १ गते राप्ती गाउँपालिकाको वडा नं ३ स्थीत सिरिचौरखेल मैदान र लालमटियाको टुडिखेलमा सञ्चालन हुदैछ ।

Advertisement

राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगितामा राप्ती गाउँपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी गराईने छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रा तर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समाबेस गरिएको र अध्यक्ष कप प्रतियोगितामा फुटवल खेल समाबेस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस