जसपुरमा एक व्यक्ति मृत फेला

माघ २५, २०७६  

तुलसीपुर, २५ माघ
तुलसीपुरको जसपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

तुलसीपुर– १२ को जसपुर स्थित नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । शुक्रबार पौने नौ बजे स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

मृतकको पहिचान हुन सकेको छैन । करिब ५२ बर्षको जस्तो देखिने शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस