आइसीसी विश्वकप क्रिकेट लिग टू : नेपाल र अमेरिका पहिलो जीतको खोजीमा

माघ २५, २०७६  

माघ २५,काठमाण्डौ

Advertisement

आइसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजेपछि त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ । शरद भेषवाकर घाइते भएपछि उनको ठाउँमा सुवास खकुरेलले खेल्ने सम्भावना छ ।

Advertisement

यससँगै शनिबार सुवास र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने सम्भावना धेरै छ । ओमनसँगको खेलमा ज्ञानेन्द्रले पारस खड्कासँग ओपनिङ गरेका थिए । तर दुवै ओपनरले राम्रो खेल्न नसक्दा नेपाल सुरुदेखि नै दबाबमा परेको थियो ।

Advertisement

प्रतियोगितामा नेपाल र अमेरिका दबै ओमानसँग पराजित भएका छन् । अमेरिका सन २०१० पछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएको हो । २०१२ मा भएको नेपाल र अमेरिकाले डिभिजन चारमा खेलेका थिए ।

जसमा नेपाल विजेता बन्दा अमेरिका दोस्रो भएको थियो । यस्तै, २०१३ मा डिभिजन थ्रीमा खेल्दा नेपाल च्याम्पियन भएर डिभिजन दुई मा उक्लियो ।

अमेरिका भने डिभिजन तीनमा नै रह्यो । अमेरिकी टिममा यसपटक अष्ट्रेलिया, इङ्ग्ल्याण्ड, वेष्ट इण्डिजका खेलाडी धेरै छन् । उसले अहिलेसम्म खेलेका आठ खेलमा अमेरिकाका मुख्यगरि आरोन जोन्स र मोना‌ङ्क पटेलको प्रदर्शन उत्कृष्ट रहेको छ । प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सूचीमा जोन्स दोस्रो र पटेल आठौं स्थानमा छन ।


प्रतिक्रिया दिनुहोस