हात्तिपाईले रोग विरुद्धको अभियान आज देखि, दाङमा ६ लाख बढिलाई औषधी खुवाउने लक्ष्य

माघ २५, २०७६  

तुलसीपुर,२५ माघ ।

Advertisement

आज देखि दाङमा १० औँ चरणको हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईदै छ । यसको सभारम्भ जिल्लाभरका श्वास्थ्य संस्थाहरुले गर्दछन । हात्तीपाईले रोग बिरुद्धको औषधी छैठौ पटक सेवन गरीसकेपछि पुन गर्न नपर्ने भएपनि जिल्लामा सवैले औषधी नखाएका कारण समयावधी थपिदै गएको हो ।

Advertisement

अझै पनि जिल्लामा हात्तिपाईले रोग सम्वन्धीका दुई हजार छेपन्न जना संक्रमित भएकाले हात्तिपाईले रोग निवारणका लागी औषधी सेवन अभियान सन्चालन गर्नुपरेको जिल्ला श्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुनिता पौडेलले जानकारी दिएकी छिन् । यस वर्ष जिल्लाभर ६ लाख ४४ हजार ५ सय ६३ जनालाई औषधी खुवाउने लक्ष्य रहेको उनले बताएकी छिन् ।

Advertisement

अनेकौ हल्ला फैलाएर कतिपय नागरिकले औषधी सेवन गर्न नमान्ने भएकाले निर्धक्क भएर औषधी सेवन गर्न उनले सवैमा अपिल गरेकी छिन् । साथै गत वर्ष ५६.१७ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको जानकारी दिदै उनले यस वर्ष सवैलाई औषधी खुवाउने तयारी गरेको बताएकी छिन् ।

उक्त औषधी सात दिने सुत्केरी महिला, दिर्घ रोगीका विरामी, दुई वर्ष मुनिका बालबालिका, खाली पेट र गर्भवती महिलाले खान नहुने चिकित्सकको सुझाव छ । अन्य जुनसुकै नागरिकले सेवन गर्दा कुनै असर नपर्ने बताईएको छ । यस वर्ष जिल्लाका प्रत्येक स्थानिय तहको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरी घरदैलो अभियान मार्फत औषधी खुवाईने भएको छ ।।


प्रतिक्रिया दिनुहोस