’सरकार उद्धार गर्ने मनस्थितिमा देखिएन’

माघ २५, २०७६  

बीबीसी, 

Advertisement

कोरोनाभाइरस अति प्रभावित हुबे प्रान्तमा रहेका नेपालीका आफन्तहरूले “सरकार त्यहाँबाट नेपालीहरूको उद्धार गर्ने मनस्थितिमा नरहेको पाइएको “ बताएका छन्।

Advertisement

बिहीवार र शुक्रवार गरी एकजना राज्यमन्त्री र दुईजना मन्त्रीहरूसँगको भेटघाट तथा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएपछि अभिभावकहरूले त्यस्तो बताएका हुन्।

Advertisement

उनीहरूले बिहीवार स्वास्थ्य राज्यमन्त्री नवराज राउतलाई भेटेका थिए भने शुक्रवार गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका छन्।

हुबेमा रहेका नेपालीका आफन्तले निराशा व्यक्त गरिरहेका बेला सरकारका प्रवक्ताले चाहिँ त्यहाँबाट नेपालीहरूको उद्धार गर्नका लागि सरकारी संयन्त्रहरू सक्रिय रहेको बताएका छन्।

हुबेमा रहेका आफ्ना छोराछोरीको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका अभिभावकहरूले बिहीवार स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर नेपालीहरूलाई सङ्क्रमित हुनु अघि नै उद्धार गर्न माग गरेका थिए।

’ल्याउने मनस्थिति देखिएन’
शुक्रवार गृह र पराराष्ट्रमन्त्रीसँगको भेटमा सहभागी एकजना नेपाली अभिभावक मोहन खतिवडाले भने, “धेरै ढिलो हुँदा केही दुखान्त खबर पनि सुन्नुपर्ने अवस्था आउनसक्छ भनेर हामीले खबरदारी गर्न खोजेका थियौँ। हामीलाई प्रत्येक पटक निराश बनाइदैँछ।“

चीनको वुहानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले अरू देशका साथीहरू स्वदेश फर्केपछि आफूहरूलाई झन् मनोवैज्ञानिक त्रास भएको बताउने गरेका छन्।

बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहनेहरूसँग गत शनिवार आवेदन माग गरेको थियो। आइतवारसम्मका लागि समय दिएर आवेदन माग गरिएकोमा हुबे प्रान्तमा रहेका १८० जना नेपालीहरूले स्वेदश फर्किनका लागि निवेदन दिएका थिए। तर सरकारले उनीहरू फर्किने समयको टुङ्गो नलाउँदा छटपटी भएको वुहानमा रहेका नेपालीहरूले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस