सचेतना दिदै राप्ती लाईफका विद्यार्थीहरु

तुलसीपुर, २४ माघ

दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल नर्सिङ कलेज विद्यार्थीहरुले नाटकवाट सचेतना प्रदान गरेका छन् । स्कुल हेल्थ कार्यक्रम अन्तर्गत शुक्रबार माबि कालाखोलाका विद्यार्थीहरुलाई नाटक मार्फत हात धुन, दाँत सफा गर्ने, हात नधोएर खाना खाँदा हुने असर, लागुऔषध दुव्यसनीवाट पर्ने असर, वाल विवाह गर्दा हुने असर लगायतका बिषयमा प्रस्तुत गरेका थिए ।

अझै पनि सभ्य समाज निर्माण हुन नसकेको भन्दै समाज रुपान्तरणको अभियानलाई सफल बनाउन यो कार्यक्रम गरिएको कलेजका निर्देशक जीवन भण्डारीले बताए ।

कार्यक्रममा कलेजका निर्देशक भण्डारीसहित प्रिन्सिपल सुसन पाण्डे , मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया