अवैधक्रसर तुरुन्तबन्दगरिन्छ : प्रवक्ता श्रेष्ठ

राजेन्द्र न्यौपाने

गोरखा, २४ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ (प्रकाश) ले देशै भरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु तुरुन्तबन्दगरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी गोरखाले राखेको सम्मान कार्यक्रममा गोरखा आएका नेताश्रेष्ठले गोरखाका सञ्चारकर्मीहरुसँग उनले सो कुरा बताएकाहुन् । श्रेष्ठले भने, “गृह मन्त्रीको संयोजकत्वमा यस बारेमा अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको निर्देशनअनुसार हुन्छ ।

सार्वजनिकजमिन अधिग्रहण गरेर निर्माण गरिएका, सार्वजनिक संस्थालाई हानीगर्ने, सरकारी मापदण्ड पूरा नभएकाक्रसरहरु बन्द हुन्छन् ।” गोरखामा सञ्चालनमा रहेका चारवटा क्रसरहरु सबै मापदण्ड विपरित रहेको जिल्लाप्रशासनकार्यलय गोरखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया