हाजीरी जवाफ प्रतीयोगितामा ज्ञानोदय स्कुल प्रथम

माघ २४, २०७६  

दिप्तीशीखा चौधरी,

Advertisement

दंगीशरण२४, माघ / दंगीशरण  गाउँपालिका विरेन्द्र मा.वी. हेकुलीमा आज शुक्रवार सम्पन्न भएको हाजीरी जवाफ प्रतीयोगितामा दंगीशरण २ मा रहेको ज्ञानोदय वोर्डिङ स्कुल प्रथम भएको छ । नमुना यूवा संसद दंगीशरणले आयोजना गरेको सामुदायीक तथा निजी विद्मालय विच भएको प्रतियोगीतामा प्रथम स्थान हासील गर्न सफल भएको हो ।

Advertisement

यस्तै प्रतियोगितामा विरेन्द्र मा.वी. हेकुली द्धितीय र श्री मा.वी मधपुर तृतीय स्थान हासील गर्न सफल भएको थियो । प्रथम, द्धितीय तथा तृतीय हुने प्रतियोगीलाई केहि नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले विद्मार्थीहरुलाई बाह्रय ज्ञान आर्जनका लागि यस्तो खालको कार्यक्रम उपलब्धिमुलक रहने बताए ।

Advertisement

पाठ्क्रममा आधारीत शिक्षाले मात्र विद्मार्थीहरुको क्षमताको विकाश नहुने भन्दै उनीहरुको बौद्धिक तथा मानशिक विकाशका लागि आगामि दिनमा पनि ज्ञानवर्दक कार्यक्रम गाउँपालिकाले आयोजना गर्ने बताए । सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकालाई यूवामैत्री गाउँपालिका बनाउँनका लागि युवाहरुका लागि योजना अघि सारेको बताईन् ।

आगामी दिनमा धेरै भन्दा धेरै योजना यूवाहरुका लागि ल्याईने बताईन् । सो अवसरमा शिक्षा शाखा प्रमुख विनोद अधिकारी, जिल्ला यूवा समिति दाङका अध्यक्ष शुरेस रावत, विरेन्द्र मा.वि हेकुलीका प्रद्मान्ध्यापक खिमराज खनाल, यूवा नेता एम.एन शाह लगाएतले समय सापेक्ष विद्मालयमैत्री, यूवामैत्री कार्यक्रमले यूवाहरुको आत्मवल बृद्धि गर्न सहयोग पु¥याएको बताए ।

समृद्ध नेपाल निर्माणको लागि सवस्थ, कर्मठ र उद्ममी यूवा भन्ने मुल नाराका साथ नमुना युवा संसद दंगीशरणले दंगीशरण गाउँपालिका र जिल्ला यूवा समितिको आयोजनामा हाजिरी जवाफ प्रतियोगीता कार्यक्रमको आयोजना गरेको हो । युवा सांसदका प्रधानमन्त्री पारस खड्काको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण प्रविन योगीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस