सांसद केसीलाई जनश्रम माविको माग पत्र

माघ २४, २०७६  

तुलसीपुर, २४ माघ ।

Advertisement

 

Advertisement

तुलसीपुर ४ खाद्रेमा रहेको जनश्रम माध्यामिक विद्यालयले संघिय सांसद हिराचन्द्र केसीलाई एक कार्यक्रमका विच स्वागत गरेको छ । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक शालिकराम न्यौपानेले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको बारेमा जानकारी गराउदै सांसद केसीलाई माग पत्र बुझाएका छन् ।बिद्यालयमा कक्षाकोठाको अभाव, कतिपय कक्षाकोठा जिर्ण भएको भन्दै प्रधानाध्यापक न्यौपानेले आबश्यक वजेटको पहल गरिदिन आग्रह गदै माग पत्र बुझाएका छन् ।

Advertisement

 

साथै गत वर्ष सिटिईभिटीबाट डिप्लोमा तह तिन वर्षे जियोम्याटिक्स प्राविधिक विषय तर्फ स्वीकृत प्राप्त गरेपनि कक्षाकोठाको अभाव लगाएतका विविध कारण सन्चालन गर्न नसकीएको भन्दै यसप्रति आबश्यक बजेट विनियोजन गरिदिन माग पत्रमा उल्लेख गरिएको छ ।माग पत्र बुझदै सांसद केसीले आगामी वर्षको बजेटमा आफुले सक्दो पहल गर्ने बताएका छन् । २०१७ सालमा स्थापना भएको विद्यालयमा अहिले कार्यलय सहयोगी सहित २७ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालयमा कक्षा एक देखी कक्षा १२ सम्म ६ सय ३६ जना विद्यार्थी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस