शहिद स्मृतिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

माघ २३, २०७६  

गोकर्ण पौडेल

Advertisement

तुलसीपुर, २३ माघ /राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रीकुलप्रसाद केसी सोनामले गर्ने भएका छन् । कार्यक्रम उद्घाटन सत्रमा प्रत्येक खेलका एक÷ एक वटा इभेन्ट हुनेछन् ।

Advertisement

शहिद स्मृति आवासिय माध्यमिकविद्यालय तुलसीपुर १७ वनकट्टीको आयोजनाहुने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनगर्ने १८ वर्षसम्मका छात्र छात्राहरुले सहभागिता जनाउने छन् ।

Advertisement

प्रतियोगितामा भलिबल, कबड्डी,रिले एक सय मिटर र चार सय मिटर खेल आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा शहिद स्मृति आवासीय विद्यालयको संयोजनमा हुनथालेको प्रतियोगिता २४,२५ र २६ गते तिन दिनसम्म जारी रहनेछ ।

प्रत्येक खेलमा प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । सोही दिन नै बिहान शहिद स्मृति विद्यालयको वार्षिकोत्सव समारोह समेत हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस