नवदुर्गा सामुदायीक वनको अध्यक्षमा सापकोटा

माघ २२, २०७६  

तुलसीपुर, २२ माघ

Advertisement

नवदुर्गा सामुदायीक वन उपभोक्ता समुहको अध्यक्षमा केशब राज सापकोटा सर्बसहमत चयन भएका छन् ।

Advertisement

मंगलबार सम्पन्न १४ औं साधारणसभाले सापकोटा सहित १५ जनाको कार्यसमितिलाई चयन गरेको हो । नवगठित कार्यसमितिका उपाध्यक्षमा चुडामणी घर्ती, सचिवमा रिता शर्मा, कोषाध्यक्षमा तुल प्रसाद खराल , र सहसचिव शितला चौधरी चयन भएका छन् ।

Advertisement

त्यसैगरी सदस्यहरुमा दलबिर सार्की, गिता खड्का, बिमला सार्की, मिना पाण्डे, शान्ति चौधरी, रुद्रमणी गौतम, चन्द्रबहादुर वली अम्बिका परियार, चुडामणि सापकोटा, समुन्द्र बहादुर भण्डारी , चयन भएको निवर्तमान अध्यक्ष इन्द्रजीत चौधरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस