सकियो तुलसीपुर महोत्सव, अन्तीम दिन आस्थाको गितमा दर्शकले उडाए धुलो

माघ २१, २०७६  

तुलसीपुर,२१ माघ ।
चौबन्दीमा बटुकि बाध्या छैन भन्दैमा……भन्ने गित जब आस्था रावतले गाउन सुरु गरिन । तुलसीपुर महोत्सव एकाएक तात्तीयो । उनि जव स्टेजमा आईन दर्शकको हुटिङ हुन थाल्यो । युवा पुस्ताको रोजाईमा रहेकि रावतको प्रस्तुतीमा आज पनि दर्शकले धुलो उडाएका छन । उनले एक पछि अर्को प्रस्तुती राख्ने क्रममा माहौल झनै रमाईलो भएको थियो । उनले यो चोखो माया लगायतका गितहरु प्रस्तुत गरेकि थिईन ।

Advertisement

Advertisement

महोत्सवको अन्तीम दिन आज अन्य केन्द्रिय कलाकारह्ररुको प्रस्तुतीले पनि दिनभरी दर्शकहरु मनोरन्जनमा झुमेका थिए । यसैविच माघ १० गते बाट सुरु महोत्सवको आज समापन गरिएको छ । आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरु रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा महोत्सवको समापन गरिएको हो ।

Advertisement

तुलसीपुर उमहानगरपालिकाले नेपाल भ्रमण बर्षका अवसरमा अघि सारेका ८४ वटा कार्यक्रम अन्तर्गत नै यो कार्यक्रम भएको पनि प्रमुख अतिथि पाण्डेले बताएका थिए । महोत्सवबाट बचत भएको रकम सभा हल र विमानस्थलको स्तरोन्नतीमा खर्च गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस