तुलसीपुरमा प्रमोदको गितमा दर्शकले धुलो उडाए

माघ २०, २०७६  

तुलसीपुर,२० माघ ।
तुलसीपुर महोत्सवको आज एघारौ दिनमा दर्शकको घुईचो लागेको छ । महोत्सवमा आज प्रमोद खरेलको गितमा दर्शकले धुलो उडाएका थिए । दर्शकका लागि यो कुरा गोप्य,म विना कसैकसैलाई मुस्कील छ पोखरामा लगायतका झण्डै दर्जन गितमा दर्शकले साथ दिएका थिए ।
उनका गितमा भरपुर मनोरञ्जन लिएका युवा पुस्ताको भिड नियन्त्रण गर्न प्रशासनलाई समेत हम्मे परको थियो । एक घण्टा सम्म स्टेजमा आफ्नो प्रस्तुती दिएका उनका गितमा सबै साँझ अवेर सम्म झुमेका थिए ।

Advertisement

त्यसैगरी लोक गायक अमित परियारले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । यसैविच महोत्सवमो भोली गायीका आस्था रावत,टिका प्रसाई, मिस्टर आरजे,शनि विश्वकर्मा लगायतका कलाकारको प्रस्तुती रहने आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
उता,दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को एघारौं दिन चर्चित हास्यव्यङ्ग्य कलाकार कमल गाउँले र मोडल तथा गायिका प्रिती आलेले दर्शकलाई छमछमी नचाएका छन् ।

Advertisement

उनीहरुले दोहोरी मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । प्रितीको वेली डान्स र कमल गाउँलेको हास्यव्यङ्ग्य प्रस्तुतीले महोत्सवको माहोल पूरै रोमाञ्चित बनाएको थियो । दाङ निवासी राष्ट्रिय कलाकार कमल गाउँलेले कार्यक्रमको बिचबिचम हास्यव्यङ्ग्य सहितको नृत्य प्रस्तुत गरेका थिए । सोमवार गाउँले, आले, कमल–नारायण, प्रेम शर्मा, देवकला बस्नेत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । बिचबिचमा थुप्रै स्थानीय कलाकारहरुले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

Advertisement

मङ्गलवार प्रमोद खरेल आउने

महोत्सवको बाह्रो दिन मङ्गलवार लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन् । मङ्गलवार खरेल सहित चर्चित हास्यव्यङ्ग्य कमल गाउँले, बिक्रम थापा लागयत कलाकारहरुले प्रस्तुती देखाउने छन् ।

 

 


प्रतिक्रिया दिनुहोस