नीजि वनको लडाई आर्थिक समृद्धिको : अध्यक्ष गिरी

माघ १८, २०७६  

तुलसीपुर, १८ माघ

Advertisement

पारिवारीक नीजि वन संघका केन्द्रिय अध्यक्ष जोगराज गिरीलाई तुलसीपुरमा स्वागत तथा सम्मान गरिएको छ । केहि समय अघि पारिवारीक नीजि वन संघको केन्द्रिय अध्यक्षमा निर्वाचित गिरीलाई पारिवारीक नीजि वन संघ दाङले तुलसीपुरमा स्वागत तथा सम्मान गरेको हो ।

Advertisement

जिल्ला अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष गिरीले आफुरुको लडाई आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।

Advertisement

आर्थिक समृद्धिको सपना देखेर अन्न फल्ने खेतबारीमा बोट विरुवा रोपेर हरियाली बनाएका तमाम पारिवारीक नीजि वन संघकर्मीलाई राज्यले विशेष प्यकेज बनाएर अझै अग्रसर बनाउनु पर्नेमा अध्यक्ष गिरीले जोड दिए ।

 


प्रतिक्रिया दिनुहोस