विलियम शेक्सपियर विद्यालयको २६ औ वार्षिकोत्सव

दाङ, १८ माघ 

दाङको रामपुरमा रहेको विलियम शेक्सपियर अग्रेजी विद्यालय रामपुको २६ औ वार्षिकोत्सव समारोह आज शनिवार रामपुरमा सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एंव प्रदेश नं.५ का प्रदेश सभा सदस्य रेवती रमण शमा प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका बोल्दै प्रदेश सभासद शर्माले समृद्ध समाज निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए ।  सामुदायिक र संस्थागत विद्यालयहरुबिचको मित्रवत् ब्यवहारबाट नै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए ।  शिक्षामा गरिएको लगानी खेरा नजाने भन्दै उनले अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षा दिने विद्यालय छनौट गर्दा नचुक्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष केशवराज आचार्यले नयाँ ब्यवस्थापनको छिटो समयमै यस विद्यालयले स्थानीय अभिभावको मन जित्न सफल भएको भन्दै सस्कार सहितको गुणस्तर बृद्धिका लागि आफ्ना वडाका सवै विद्यालयलाई सहयोग गर्ने बताए ।

कार्यक्रमका घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेल, ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि. का अध्यक्ष हेमराज शर्मा, विलियम शेक्सपियर अग्रेजी विद्यालय प्रा लि. का अध्यक्ष बालचन्द्र शर्मा, प्याब्सन दाङका सदस्य बिमल अधिकारी, नगर अध्यक्ष बिरेन्द्र चन्द, नवचेतना अग्रेजी विद्यालयका प्रतिनिधि बुद्धि धिताल लगायतकाले बोेलेका थिए ।  विलियम शेक्सपियर अग्रेजी विद्यालय प्रा लि का सदस्य ध्रुवराज पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर मदन घिमिरेले गरेका थिए ।

कार्यक्रममा विद्यालयमो अभिभावकहरु मध्येबाट वर्ष उत्कृष्ट अभिभावकका रुपमा गायत्रा खनाल, बर्षमा सवैभन्दा धेरै दिन विद्यालय आउने कक्षा ६ का छात्र प्रशान्त चौधरी, सरसफाई विधामा कक्षा यु.के.जी. एलिस्मा अधिकारी, अनुसासित विद्यार्थीको विधामा कक्षा १ की छात्रा दिप्तिका चौधरी, अग्रेजी भाषाको अधिक प्रयोग गर्ने विद्यार्थीको विधामा कक्षा ८ का छात्र शिशिर रेग्मी र बर्ष उत्कृष्ट विद्यार्थीको विधामा कक्षा ८ की छात्रा बिजया भुसाललाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सचेतनामूलक नाटक, गीत, योगा र नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया