दाङ्ग–भ्याली इङलिस विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन

तुलसीपुर, १७ माघ

दाङ्ग–भ्याली इङलिस विद्यालय,तुलसिपुर–६ मा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । करिब ५० हजार  लागतमा निर्माण गरिएको सरस्वतीको मन्दिर सरस्वती पूजाको अवसर पारेर बिहीबार उद्घाटन गरिएको हो ।

सो अवसरमा बालबालिकालाई अक्षाराम्भ समेत गराएको विद्यालयका संस्थापक प्रधानाध्यापक तिलक शाहूले जानकारी दिए । मन्दिरको वैद्धिक विधि अनुसार पण्डित गोपाल शर्मा भट्टराईले मन्त्र पाठ गरि सरस्वतीको मूर्तिलाई प्राण प्रतिश्ठाण गरेका थिए ।

हरेक बर्ष सरस्वतीको पुजाको दिन पूजा गर्न अन्यत्र जाने छात्रछात्राहरु अब सोही विद्यालयमा नै सरस्वती पूजाआज गर्न पाउने भएपछि खुशि समेत भएका छन् ।

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया