स्वास्थ्यमा ६० प्रतिशत योगदान नीजि क्षेत्रको छ : उपाध्यक्ष रिजाल

विराटनगर, १७ माघ

नीजि अस्पतालहरुको साझा संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यसन(अफिन) नेपालका केन्द्रीय उपाध्यक्ष हरि रिजालले ६० प्रतिशत स्वास्थ्य सेवा नीजि क्षेत्रले पु¥याएको बताएका छन् ।

विराटनगरमा भएको अफिन प्रदेश नं.१ को दोस्रो साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष रिजालले स्वास्थ्य सेवामा ठूलो योगदान गरेर मानविय सेवा गरिरहेको बताए ।

राज्यले प्रभावकारी स्वास्थ्य सेवा दिन नसकिरहेका बेला नीजि क्षेत्रले यस क्षेत्रमा ठूलो लगानी गरेर मानविय सेवा गरेको बताउदै उपाध्यक्ष रिजालले सरकारले धन्यवाद दिनुपर्ने बताए ।

नीजि क्षेत्रलाई सहयोग गरेमा मात्र सरकार उद्देश्य प्राप्तीको बाटोमा अघि बढ्ने भन्दै उपाध्यक्ष रिजालले स्वास्थ्यको गुण्स्तर सुधार गर्न सरकारी र निजि अस्पतालबीचको सहकार्य आबश्यक रहेको बताए ।

 

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया