आमाको काख पहिलो पाठशाला : अध्यक्ष शाही

माघ १७, २०७६  

तुलसीपुर, १७ माघ

Advertisement

एन प्याब्सनका केन्द्रिय निवर्तमान अध्यक्ष कर्णबहादुर शाहीले आमाको काख नै पहिलो पाठशाला भएको बताउनु भएको छ । डिभाईन टेम्पल एकेडेमीको ११ औ बार्षिकोत्सवलाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले जन्मेदेखि नै बच्चाको चौतर्फी विकासकालागि आमाले नै सिकाउने भएकाले काख नै पहिलो पाठशाला भएको बताउनुभयो । बालबालिकाई शिक्षा क्षेत्रमा अगाडी बढाउन विद्यालयको पनि महत्वपूर्ण भूमिका हुने बताउदै उहाँले उनिहरुको सवाङ्गीन विकासका लागि शिक्षकशिक्षीका दत्तचित्त भएर लाग्नु पर्ने बताउनुभयो ।

Advertisement

शिक्षा क्षेत्रमा डिभाईन टेम्पल एकेडेमीले पनि ठूलो योगदान पु¥याएको चर्चा गर्दै प्याब्सनका केन्द्रिय सल्लाहकार समेत रहेका शाहीले शिक्षाको क्षेत्रमा सहयोग गरिरहेका नीजि शैक्षिक संस्थाहरुलाई राज्यले फरक आँखाले हेर्न नहुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताले शिक्षा नै सतमार्गको बाटो भएकाले यसलाई भरपुर प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

Advertisement

विश्वका विकसित देशरुहरु शिक्षाबाट नै परिवर्तनको बाटोमा अघि बढेको बताउदै उनिहरुले शिक्षाविना समृद्धिको आशा गर्न नसकिने बताए ।
सो अवसरमा तुलसीपुर उपमहागरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली (माइकल), एनप्याब्सन ५ नम्बर संयोजक सुवोध कुमार डाँगी, तुलसीपुर उपमहानगरपालिका –६ का वडाध्यक्ष नबराज लामीछाने, राप्ती बबइ क्याम्पसका क्याम्पस प्रमुख युवराज रावत, गोरखा माध्यामिक विद्यायका प्रिन्सीपल विजय जिएम, अभिभावक कपिलजंग शाह लगाएतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रगति प्रतिवेदन तथा आगामी योजनाका विषयमा विद्यालयका प्रिन्सीपल भोजराज न्यौपानेले  प्रस्तुत गर्नुभएको थियो   भने कार्यक्रमको सहजीकरण भाइस–प्रिन्सीपल हिमाल कँडेलले गर्नुभएको थियो ।  कार्यक्रममा छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए । सो अवसर विद्यालयको बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा प्रथम,द्धितिय, र तृर्तिय हुने छात्र छात्राहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस