शान्तिनगर उपशाखाको सभापतिमा केसी

माघ ११, २०७६  

तुलसीपुर ११ माघ ।
नेपाल रेडक्रस सोसाइटी शान्तिनगर उपशाखाको सभापतिमा बिमल केसी सर्बसम्मत चयन भएका छन । शान्तिनगर गाउँपालिका जेष्ठ नागरिक मंचका अध्यक्ष पुरुसोत्तम रिजालको विशेष सहभागितामा सम्पन्न भएको प्रथम साधारण सभाबाट स्वास्थ्यकर्मी बिमल केसीको नेतृत्वमा नया कार्यसमिति चयन गरिएको हो ।

Advertisement

 

Advertisement

जसको उपसभापतिमा लक्ष्मि भण्डारी, सचिबमा तेज बहादुर बिक, कोषाध्याक्षमा केशब योगी, उपसचिबमा खुमराज राणा , उपकोषाध्यक्षमा बालकृष्ण वलिलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा हरि कुमार केसि , रेणु थापा , मेनका ठाडा, मिन बहादुर केसि र राम बहादुर केसिलाइ चयन गरिएको नवनिर्वाचित सभापति बिमल केसीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस