अफ्रिकाकी सबैभन्दा धनी महिलाले अंगोलालाई कसरी लुटिन्

माघ १०, २०७६  

एजेन्सी,१० माघ

Advertisement

लिक भएको दस्तावेजबाट स्पष्ट हुन्छ अफ्रिकाकी सबैभन्दा धनी महिला इजाबेल डास सेन्टोसले आफ्नो देश दोहन गरेर अर्बपति भइन् । अंगोलाको ३८ वर्षसम्म राष्ट्रपति रहेका जर्ज एडवाडु डस सन्टोसकी छोरीले सन्दिग्ध ‘सौदा’ गरेर देशको बहुमूल्य सम्पत्ति किन्ने अनुमति पाए । यद्यपि इजाबेलले आफूमाथि लागेको आरोप झुटो भएको बताएकी छिन् । उनले अंगोला सरकारले आफूमाथि प्रतिशोध साँधेको उनको आरोप छ ।

Advertisement

इजाबेल यतिबेला बेलायतमा बसोबास गर्छिन् । मध्य लन्डनमा उनको बहुमूल्य सम्पत्ति छ । इजाबेलसँग दुई अर्बभन्दा बढी सम्पत्ति रहेको बताइएको छ । अन्ततः यति धेरै सम्पत्ति उनीसँग कसरी आयो ? यदि त्यसको श्रोत खोज्ने हो भने अंगोला पुग्न जरुरी छ ।

Advertisement

दक्षिण अफ्रिकामा रहेको अंगोलाको पश्चिममा एटलान्टिक महासागर छ । त्यहाँको राष्ट्रिय भाषा पोर्चुगली हो । यसको कारण त्यहाँ पोर्चुगली उपनिवेशन थियो । वास्तवमा अंगोलाको सभ्यता १० देखि १५ हजार वर्ष पुरानो हो । किम्बुडु भाषामा अंगोलाको अर्थ राजा हुन्छ ।

वर्तमानको अंगोला राष्ट्र कुनै बेला कांगो साम्रराज्यको एक भाग थियो । अँगोला प्राकृतिक संशोधनले भरिएको छ । यो समाचार जब यूरोप पुग्यो, त्यसपछि पोर्चुगलको आँखा त्यही गाडियो । १६ औं शताब्दीमा पोर्चुगलले लुआन्डालाई आफ्नो उपनिवेश बनाए । लुआन्डा यतिबेला अंगोलाको राजधानी हो ।

अंगोलाको स्वतन्त्रता आन्दोलन अन्य अफ्रिकी देशको स्वतन्त्रता आन्दोलनसँग जोडिएको छ । अफ्रिकामा स्वतन्त्रताको आन्दोलन ६० को दशकमा सुरु भएको थियो । अंगोला, मोजाम्बिक, गिनी, बिसाउजस्ता देश पोर्चुगलको कब्जामा थियो । संसारकै शक्तिशाली भनेका पोर्चुगली हुन्, उनीहरुसँग टक्कर लिने अरु केही छैन भन्ने भ्रम त्यहाँका जनतामा छरिएको थियो ।


प्रतिक्रिया दिनुहोस