इन्टरपोलका पूवर्प्रमुखलाई १३ वर्ष ६ महिनाको जेलसजाय

माघ ०७, २०७६  

एजेन्सी

Advertisement

बेइजिङ, ७ माघ/ अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष ६ महिनाको जेलसजाय सुनाएको छ । घुसखोरीको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मेङ होङ्वेलाई अदालतले जेल सजाय सुनाएको हो । उनी इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए ।

Advertisement

भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो । मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकार गरेका छन् । तान्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।

Advertisement

अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका मेङ होङ्वे बेपत्ता भए । इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो । तर उनी हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।

पछि अक्टोबरमा चिनियाँ अधिकारीहरूले उनलाई पक्राउ गरिएको पुष्टि गरे । घुस लिएको अभियोगमा उनीमाथि छानबिन भइरहेको अधिकारीहरूले बताएका थिए । मेङ होङ्वेले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग र परिवारको ‘निकै खर्चालु जीवनशैली’ का लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको ‘सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्सेप्शन’ का अनुसार उनलाई पार्टीबाट निकाला गरी सबै सरकारी पदबाट बर्खास्त गरियो । अदालतमा सुनुवाइका क्रममा गत वर्ष मेङ होङ्वेले गल्ती अस्वीकार गरेका थिए । हाल फ्रान्समा राजनीतिक शरण लिइरहेकी मेङ होङ्वेकी श्रीमतीले उनीमाथि लगाइएका आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको बताएकी छन् ।

भ्रष्टाचार विरुद्धको चिनियाँ राष्ट्रपति सीको अभियानका क्रममा उनका कतिपय राजनीतिक प्रतिद्वन्द्वीहरूको आवाज दबाउने कार्यका लागि समेत प्रयोग गर्ने गरिएको आलोचकहरूले बताउँदै आएका छन् ।

मेङ होङ्वे नोभेम्बर २०१६ मा इन्टरपोलको अध्यक्षमा निर्वा्चित भएका थिए । त्यसअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीको वरिष्ठ अधिकारी र चीनका सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री समेत हुन् । उनी आपराधिक न्याय र प्रहरी संगठनमा ४० वर्ष लामो अनुभव प्राप्त व्यक्ति हुन् ।

सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वा्चित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए । उनी इन्टर्पोलमा निर्वा्चित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए । तर मेङले संसारभरी प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए ।
इन्टरपोलका अनुसार उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतंकवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव छ ।

 


प्रतिक्रिया दिनुहोस