माघी संक्रान्तीको चहलपहल बढ्यो, चोकचोकमा तरुल , गञ्जी

पुष २९, २०७६  

तुलसीपुर, २९ पुष ।
माघी संक्रान्तिको चहल पहल बजारमा आजभोली निकै बढेको छ । माघी सक्रान्ती नजिकीदै गर्दा स्थानीय बजारमा चहलपहल ह्वातै बढेको पाईन्छ । विशेष गरी बजारमा तरुल , गञ्जी र सखर खण्डको किनमेल गर्नेहरुको भिडभाड भएको पाईन्छ ।जसले गर्दा बजारमा गन्जी र तरुलको व्यापार समेत बढेको । अन्य समयमा बजारहरुमा किन्न खोज्दा पनि मुस्किलले पाईने तरुल, गञ्जी र सखरखण्ड माघी संक्रान्ती नजिकिदै गर्दा आजभोली बजारको चोकचोकमा बेच्नको लागि प्रसस्त राखेको पाईन्छ ।
दाङका बजारका प्रत्येक चोक तथा तरकारी पसलहरुमा बिक्रीको लागि तरुल, गञ्जी र पिडालु लगायतका कृषि उत्पादनहरु राखिएको सहजै देख्न सकिन्छ । मुख्य बजार तुलसीपुर,घोराही,लमही,नारायणपुर,विजौरी लगायतका क्षेत्रहरुमा माघे संक्रान्तिका दिन खाइने कृषि उत्पादनहरुको बिक्री बढेको पाईएको छ ।माघी संक्रान्तिमा तरुल, गन्जी, घिउ, चाकु लगायतका परिकारलाई विशेष महत्वका साथ खाने परम्परागत प्रचलन छ । बजारमा अहिले प्रतिकिलो घर तरुल १ सय ६० रुपैया र गञ्जी ६० रुपैया कारोवार भैरहेको व्यापारीहरुले बताएका छन् । यस्तै जंगलमा पाईने बन तरुल प्रतिकिलो दुई सय देखी दुई सय पचास सम्म रहेको बताईएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस