टिपरले किचेर हत्या क्रसर सञ्चालक पक्राउ

धनुषा, २६ पुष

धनुषामा अबैध उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर सञ्चालक पक्राउ परेका छन् ।सञ्चालकलाई जनकपुरधाम उपमहानगरपालिका–१ भानुचोक नजिकबाट शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बिहान १० बजे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् ।

प्रहरीले शुक्रबार नै दिलिपका साथी रोशन यादव र टिप्पर चालक मुनिन्द्र महतोलाई पक्रेको थियो ।शुक्रबार बिहान नदीमा भइरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या भएको थियो । परिवारजनले क्रसर सञ्चालक विपिन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।दिलिपको शव अहिले अस्पालमा छ ।

प्रकाशित मिति : २०७६ पुष २६ गते शनिवार
प्रतिक्रिया