किसानद्धारा कृषी औजार र बजारीकरणको माग

पुष ०१, २०७६  

तुलसीपुर, १ पुष
किसानहरुले आधुनिक कृषी औजार र बजारीकरणको माग गरेका छन् । विभेदमा पारिएका समुदायको जिविको पाजर्ननमा सुधार परियोजना अन्र्तगत दाङका विभिन्न स्थानमा संचालित कार्यक्रमहरुको अनुगमणमा गएका सरोकारवला निकायसंग उनिहरुले यस्तो माग गरेका हुन् । बबई गाउँपालिका–५ को पूर्व हापुरे र ७ को झारगजेरीमा पुग्नु भएका बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल लगाएतको टोलीसंग किसानहरुले , सिचाईको लागि, मोटर, पाईप, कृषीमिटर, पावर टेलर, र उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गरिदिन माग गरेका थिए । सो अवसरमा अध्यक्ष पौडेलले प्राविधिक त्रुटीका कारण अघिल्लो बर्ष पावर टेलर वितरण र्गन नसकिएको भन्दै यस बर्ष कृषकहरुलाई पावर टेलर र उन्नत विउँविजनको समयमै व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Advertisement

विभेदमा पारिएका समुदायको जिविको पाजर्ननमा सुधार परियोजना अन्र्तगत विकास कोष नर्वेको सहयोगमा दलित सेवा संघ दाङले त्यस क्षेत्रमा २०१७ देखि दलित, एकल महिला, मुक्त कमलहरी र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षितगरी कार्यक्रम संचालन गर्दै आएको छ ।
दलित अन्तर्गत गन्र्धव समुदाय द्धारा पूर्व हापुरेमा इन्दे्रनी कृषक समुहले एक विघाह क्षेत्रफलमा लगाएको तरीकारी खेतिको अनुगमण गर्न पुगेका गाउँपालिका अध्यक्ष पौडैल सहितको प्राविधिक टोलीलाई केरौं, भान्टा, साग, टमाटर, भेडे खुर्सानीको मालाले स्वगत गर्दै उत्पादीत बस्तुको बजार व्यवस्था र स्थानीय सरकारबाट प्रयाप्त मात्रामा अनुदानको व्यवस्था गरिदिन माग गरेका थिए । त्यसैगरी झारगजेरीको लालीगुरास कृषक समुह र तुलसीपुरको फुलबारीमा गठित मुक्त कमलरी कृषक समुहले पनि सिंचाई, बजारीकरण र कृषी औजारको माग गरेको दलित सेवा संघका सामाजिक परिचालन अधिकृत छवि परियारले जानकरी दिनुभयो ।

Advertisement

 


प्रतिक्रिया दिनुहोस