दलित अधिकारकर्मि, नेपाली भन्छन “मुख्य पदमा दलित लाई किन टिकट दिईदैन ”

बैशाख १४, २०७४  |  २७८ पटक पढिएको

 

तुलसीपुर, १४ बैशाख ।
दलित अकिारकर्मि निर्मल नेपालीले स्थानिय निर्वाचनमा दलहरुले मुख्य पदमा दलित उम्मेद्धार बनाउन नचाहेको बताउनुभएको छ । उहाले दलितहरु पनि सक्षम भएकाले मुख्य पदमा दलित उम्मेद्धार किन बनाउन नसकेको भन्दै मुख्य दललाई प्रश्न गर्नुभएको छ । तुलसीपुर खबर सँग कुराकानि गर्दै उहाले अहिलेसम्म मेयर,उपमेयर र अध्यक्षमा कुनै पार्टिले उम्मद्धारको नाम अघि नसारेको भन्दै यस्तो बताउनुभएको हो । दलितहरु लाई मुख्य पदमा टिकट नदिनु नै दलित प्रतिको विभेद कायमै रहेको देखाउछ, उहाले भन्नुभयो ।

अर्को प्रसँगमा वडामा दलित महिला सदस्य अनिवार्य रहेको् प्रावधान खारेज गर्न माग गर्नेहरु सामन्ती र शोषकीहरु भएको बताउनुभएको छ । काग्रेस नेतृ आरजु देउवाले सँसदमा यो प्रावधान खारेजिको माग गरेको प्रश्नमा उहाले यस्ले कसैको छाक बास खोस्छ र भन्दै, प्रश्न थप्नुभयो । नहुनु भन्दा आरक्षण कोटा बाट दलित महिला सदस्यमा सहभागिता गराउन खोजिएकोले खारेज गर्न खोज्नु दुखद कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस