विद्यालय कर्मचारीको विचमा फुटवल प्रतियोगिता

दाङ,२६ मंसीर ।
नेपाल विद्यालय कर्मचारी परीषद् जिल्ला समिति दाङले फुटवल प्रतियोगिताको आयोजना गरेको छ । कर्मचारीका विचमा पालीकास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरिएको जिल्ला समितिका अध्यक्ष गोविन्द घर्तिले जानकारी दिएका छन । प्रतियोगिताको २८ गते घोराहीको भरतपुर खेल मैदानमा उद्घाटन गरिने छ ।

जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका विचमा परीचय कायम गरि हरेक पालीकामा समितिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । यसका साथै जिल्लामा कर्मचारीका हितका लागि कोषको स्थापना गरिने अध्यक्ष घर्तिले जानकारी दिएका छन । कोषको रकमबाट कर्मचारीको क्षमता अभिबृद्धि लगायत कुनै कर्मचारीको निधन भए पश्चात राहात प्रदान गरिने छ । यसका लागि जिल्लाका माध्यमिक विद्यालयबाट आर्थिक सहयोग उठाउन थालिएको छ । हरेक विद्यालयले स्वेच्छिक रुपमा ५ हजार देखि १५ हजार रुपैया सम्म आर्थिक सहयोग गरेका छन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया