तरकारी तथा फलफुल वजारमा नयाँ नेतृत्व

मंसिर २५, २०७६  

तुलसीपुर । तुलसीपुर तरकारी तथा फलफुल वजार व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरिएको छ । व्यवसायीहरुको भेलाले देवराज देवकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका उपाध्यक्षमा सुरेशप्रसाद गुप्ता, सचिवमा माधवप्रसाद घिमिरे, कोषाध्यक्षमा दामोदर बाँनिया, सहसचिवमा डोमा सापकोटा र सदस्यहरुमा सैघम डाँगी,कलसीकुमारी डाँगी,विष्णु खड्का , मिनराजप्रसाद चापागाई,नारायण केसी, अम्विका केसी,धमेन्द्र नेपाली रहेको सचिव घिमिरेले जानकारी दिएका छन् । तुलसीपर उपमहानगरपालिकाको सहयोगमा तरकारी तथा फलफुल व्यवसायीहरुले आधुनिक वजार निर्माण गरेर सञ्चालनमा समेत आइसकेको छ । समितिले तरकारी तथा फलफुलको विक्री वितरणलाई व्यवस्थित वनाउनका लागि विभिन्न निकायसँग सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

Advertisement

 

Advertisement

प्रतिक्रिया दिनुहोस