लैङ्गकि हिंसा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

 विमल गाैतम
तुलसिपसर ,  मंसिर ।  लैङ्गिक हिंसा सम्वन्धि अन्तरक्रिया कार्यक्रम  तुलसिपुर ३ दमारगाउमा सम्पन्न भएको छ । नमुना महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रक्षा काफ्लेकाे अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विजय विककाे प्रमुख अातित्थ्यता तथा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली वहादुर डागिकाे विशिष्ट अातित्थ्यतामा कार्यक्रम भएको थियाे ।
साे अवसरमा वाेल्दै प्रमुख अतिथि विकले वडामा हुने सवै खाले हिंसाकाे अन्त्यका लागि अाफु लागि पर्ने वताए । लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न सचेतना , अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरु गरिरहेकाे भन्दै अागामि दिनमा अझै धेरै कार्यक्रमहरु गर्ने अध्यक्षा विकले बताए । 
त्यस्तै कार्यक्रममा वाेल्दै विशिष्ट अतिथि डागिले लैङ्गकि हिंसा अन्त्यका लागि सवैले हातेमालाे गर्नु पर्नेमा जाेड दिए । कार्यक्रममा वन महासघ दाङका सल्लाहकार शाेभाखर सापकाेटा लगाएतकाले बालेका थिए । कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका महिला तथा बालबािलका शाखा प्रमुख विष्णु अाचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । 
सम्झना र नमुना महिला सामुदायिक वन उपभोक्ता समुहकाे संयुक्त अायाेजना तथा तुलसिपुर वडा नम्वर ३ र अमृतपुर सामाजिक उद्यमि सहकारि संस्थाकाे सहयाेगमा कार्यक्रम भएको थियाे। सम्झना सामुदायिक वन समुहका सचिव ललिता वलिकाे स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमकाे संचालन रेश्मि वलिले गरेकि थिइन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया