संस्कृति संरक्षणका लागि ९५ थरीका बाजा प्रदर्शन

(कास्की) — थारु समुदायको मौलिक संस्कृतिमा आधारित झरझरिया नाच विषेश गरी फागुपूर्णिमामा नाचिन्छ । तर, शनिबार पोखरेलीले यो नाच हेर्ने अवसर पाए । ‘नाच फागुपूर्णिमा मात्र नाचिने भए पनि महोत्सव र विशेष अवसरमा प्रदर्शनी र नाच प्रस्तुत गरिन्छ,’ पोखरामा भएको गण्डकीका धुनहरू कार्यक्रममा भेटिएका नवलपुरका पुरनराम गुरौले भने ।

नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान र हिमाली संस्कृति परिवार कास्कीले गरेको ‘लोपोन्मुख बाजा सम्मेलन स् गण्डकीका धुनहरू’ कार्यक्रममा उक्त नाच देखाइएको थियो ।

कार्यक्रमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न सामुदायमा आधारित नाच मात्र नभएर सांस्कृतिक झाँकीसमेत देखाइएको थियो । एक सय ८ वटा घन्टी गलादेखि कम्मरसम्म लगाउने, रिठ्ठा, रुद्राक्षको माला, कौडा, कमलकत्ता र दुम्सीको काडा, कुखुराको प्वाँख, मजुरको प्वाँखलगायतबाट बनेको मुकुट लगाएर नाच्ने झाँक्री नाच पनि देखाइएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया