मानब अधिकारकर्मी पहाडी दाङ आउदै

शरद रेग्मी
दाङ, २२ मसिर/ यहि मसिर २७ र २८ गते दाङमा हुनलागेको मानव अधिकार तथा शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्न मानव अधिकारकर्मी कृष्ण पहाडि दाङ आउदै छन् ।नेपाल भ्रमणबर्ष २०२० को सुरुवातमा दाङमा हुन लागेको मानव अधिकार तथा शान्ति समाजको परिषद बैठकमा विशेष सम्बोधन गर्न समाजका सस्थापक सभापति प्रखर बक्ता पहाडी दाङ आउन लागेको दाङ शाखा सभापति शरद रेग्मीले जानकारी दिए । यसैविच  मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कार्यक्रम सफल पार्न सबैसङ्ग सहयोगको अपेक्षा समेत गरेको छ । दुई दिन सम्म सञ्चालन हुने मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद बैठकमा पुर्ब मेची देखि महाकाली सम्मका दुई सय पचास बढि मानव अधिकारकर्मीहरुको सहभागिता हुने छ । सो अबसरमा मंसिर २४ देखी २६ गते सम्म विभिन्न विद्यालयहरुमा मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य विषयक अन्तरक्रिया कार्यक्रम, २७ गते दिउसो तुलसिपुरमा बिशाल शान्ति पदयात्रा र लगत्तै उदघाटन कार्यक्रम गरिने छ । त्यसैगरी २८ गते विभिन्न दाङ घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया