एम्बुलेन्स र ट्रक ठोक्कीदा शिशुको मृत्यु

तुलसीपुर, २१ मंसिर

दाङ आउँदै गरेको छत्रेश्वरी गाउँपालिका सल्यानको एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्कीदा नवाजात शिशुको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ खलुवाचिस निबासी तिलकराम खड्काका चौध दिनका शिशु(बच्चा) भएको प्रहरीले बताएको छ ।

गम्भिर घाईते हुनेमा एम्बुलेन्स चालक सल्यानको छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनार, मृतक शिशुका वुवा तिलकराम खड्का र आमा मालति खड्का रहेका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीन दिन अघि बच्चाको उपचार गर्न गएको खड्का परिवार शनिबार एम्बुलेन्समा दाङ फर्किदै दिए । रा१ज १६१ नम्बरको एम्बुलेन्स र विपरितदिशाबाट गइरहेको ना८ज ५४३२ नम्बरको ट्रक बाँकेको जिरो पोइन्ट नजिकै एक आपसमा ठोक्किएका थिए ।

फाईल फोटो

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया