आज मात्रै होईन,आमा लाई सधै खुसी बनाऔँ

बैशाख १३, २०७४  |  ४५८ पटक पढिएको

आज माता तिर्थ औशी को दिन अर्थात आमा को मुख हेर्ने दिनमा परिचित । यस दिन मा आमालाइ विभिन्न खाने कुरा खुवाइ उपहार दिएर अनि आमा सङ्ग आशीर्वाद लिएर मनाउने गरिन्छ। केही समय यता आमा को मुख हेर्ने दिन को महत्त्व बढ्दै गैरहेको छ । घर देखि अलि टाढा भएका छोरा छोरीहरु मिठो परीकार वस्त्र लिएर आमा लाई भेट्न आएको पाईनछ । काम विशेष बिदेशिएका छोरा छोरिले , आमा लाई फोन बाट आमा सङ्ग आशिर्बाद लिने पनि गरिन्छ ।

अर्को तर्फ हाम्रा चाड पर्व सामाजिक सन्जाल मा फोटो हाल्नै कै लागि सिमित भैरहेको बेला ,आज पनि आमा को फोटो हालेर धेरै ले आमाको बारेमा स्टाटस पनि राख्नु भयो र राखिरहनु भएको छ । आमा तिर्थ औशी को महत्त्व बुझौ र आमा लाई एक दिन मात्र नभइ सधै आमा खुसी सुखी बनाउ । सामाजिक सन्जाल मा मात्र नभई वास्तविक जीवन मा आमा लाई रुन न दिउ ।
  प्रबिन कार्की
तुल्सिपुर ११ हस्नापुर

प्रतिक्रिया दिनुहोस