निवृत्त समाजको ११ औँ बार्षिक साधारण सभा

मंसिर १९, २०७६  

तुलसीपुर, १९ मंसीर ।
नेपाल निवृत्त राष्ट्रसेवक समाज शाखा कार्यालय तुलसीपुरको ११ औँ बार्षिक साधारण सभा विहीवार तुलसीपुरमा सम्पन्न भएको छ ।शाखाका अध्यक्ष जयपृथ्वी बहादुर शाहको अध्यक्षता एवं समाजका केन्द्रिय अध्यक्ष चतुरमान डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाको विकास संगसंगै सामाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।सो अवसरमा समाजका सचिव जगत कुमार वलीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष भिष्म कुमार लामीछानेले आर्थिक वर्ष ०७५/०७६ को आयव्यय प्रस्तुत गरेका थिए । साथै समाजद्धारा स्थापना गरिएको बचत कोष र भलाई कोष समितिका उपसंयोजक प्रेमचन्द्र गैरेले कोषको बारेमा प्रकाश पारेका थिए ।
समाजका सदस्य धर्मनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्मा,समाजका सल्लाहकार ईश्वरी प्रसाद गैरै, आजीवन सदस्यहरु नवराज रजौरे, विनोद कुमार चौधरी, बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उपमहानगर स्तरिय जेष्ठ नागरिक समितिका अध्यक्ष ललित बहादुर वली, सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका उपाध्यक्ष बसन्त कुमार खड्गी, निमकान्त ढकाल, हर्ष बहादुर डाँगी, दुर्गा गिरी खड्का,रुपा ओली लगायतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण सचिव जगत कुमार वलीले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस