शिबनगरमा पतञ्जली योग कमिटी गठन

तुलसीपुर, १६ मंसिर

तुलसीपुर –७ शिवनगरमा एक हप्ते योग शिविर सम्पन्न भएको छ । स्वस्थ र निरोगीका लागि योग भन्ने उद्देश्यका साथ सात दिन सम्म योग शिविर संचालन गरिएको थियो । प्रहलाध शाहको अध्यक्षता एवम पतन्जली योग समिति ५ न. प्रदेश सल्लाहकार डा. अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्य भएको शिविर समापन अवसरमा पतन्जली योग समिति महिला सचिब समिक्षा रिजाल सह शिक्षक अन्जना श्रेष्ठ,मनकुमारी रावत एबम सिमा बुढाथोकीले योगबाट हुने फाइदाका विषयमा चर्चा गर्नु भएको थियो । यसैविच सो अवसरमा  प्रेमचन्द्र शर्मा गैरेको अध्यक्षतामा १५सदस्यीय पतञ्जली योग समिति समेत गठन गरिएको छ ।

जस्को उपाध्यक्षमा गिता शर्मा,सचिबमा अदुप ओलि रावत र कोषाधक्षमा सुमित्रा अर्याल रहनु भएको छ । साथै सदस्यहरुमा कृष्ण आचार्य, शोभा सिंह,सिमा बुढाथोकी,निर्मला गौतम, सारदा चलाउने ,कृष्णा लामिछाने,देबि गौतम,धना सिंह,पदमा न्युपाने,कमला आचार्य एबम शान्ता राई रहनु भएको शिबनगर टोल विकास संस्थाका अध्यक्ष किशोर अर्यालले जानकारी दिनुभयो ।

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया