पश्चिम दाङबाट उदाईन् विमला,पाँच हजार बढि मतले निर्वाचित

तुलसीपुर, १६ मंसीर । दाङ निर्वाचन क्षेत्र नम्वर ३(ख)मा प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विमला कुमारी खत्री वलीले निर्वाचित भएकी छिन् । उनले २४ हजार २ सय ८६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्माले १९ हजार १ सय ८२ मत प्राप्त गरेका थिए । बिमलाले प्रतिद्धन्द्धी केशवराज आचार्यलाई ५ हजार १ सय ४ मत बढि प्राप्त गरी विजयी प्राप्त गरेकी हुन् । शनिवार भएको उपनिर्वाचनमा कुल ६८ हजार ७ सय १९ मतदाता संख्या रहेकोमा ४५ हजार ७ सय १८ मत खसेको थियो । यसअघि २०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालिन एमालेका स्वर्गिय उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गरी पराजित भएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया