जन्मदिनमा गरिबलाई धान बितरण

मंसिर १५, २०७६  

मिना खड्का

Advertisement

तुलसीपुर,१५ मंसिर / तुलसीपुर ९ दोघरे निवासी दिपेन्द्र वलिले आफ्नो २६ औं जन्म दिनको अवसरमा आईतवार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेका छन् । फजुल खर्च गरेर जन्मोउत्सव बनाउनु भन्दा गरिव, दुखी र असहाय परिवारलाई सेवा गर्नु मानव धर्म भएको बताउदै उनले जन्म दिनको अवसरमा २५ हजार बराबरको धान बितरण गरेका छन् । तुलसिपुरमा रहेको ज्ञानज्योति आधारभुत बिद्यालयमा अध्ययनरत विपन्न परिवारका १० जना बालबालिकाका परिवारलाई झन्डै २५ हजार रुपैया बराबरको खाद्यन्न एक कार्यक्रमका विच वितरण गरेका हुन् ।
उनले अनाआश्यक खर्च गरी जन्म दिन मनाउनु भन्दा गरिव परिवारका लागी बालबालिकालाई खाद्यन्न सहयोग गरेको बताएका छन् ।सो अवसरमा तुलसिपुर ईन्जिनियरिङ कलेजका प्रिन्सिपल अमृत कडेलले अनावश्यक खर्च गर्नु भन्दा सामाजिक कार्यमा सहयोग गर्नु राम्रो कार्य भएको बताएका छन् ।
साथै उनले सामाजिक काममा यूवाहरुको सक्रियताले अन्य युवालाई समेत प्रेरणा मिल्ने बताएका थिए । सो अवसरमा विद्यालयका मेघराज घिमिरे, तुलसीपुर ५ का वडा सचिव सञ्जय गुप्ता, जिवन ओलि, बिमल भण्डारि, खिमा बि.क, पत्रकार, शिक्षक, अभिभावक लगाएतको सहभागिता रहेको थियो । डि. के गु्रप प्रालिका सञ्चालक गजेन्द्र कुमार राणाको अध्यक्षता कार्यक्रम भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस