कैदीलाई दुई महिना सुत्केरी बिदा

मंसिर १०, २०७६  

तुलसीपुर, १० मंसीर । दाङको तुलसीपुरमा रहेको तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेकी एक महिलाले शिशु जन्माए पछि दुई महिनालाई सुत्केरी विदा दिईएको छ । बहुविवाह मुद्धामा कैद भुक्तान गरिरहेकी बबई गाउँपालिका ३ निवासी रिमा घर्तिलाई जनप्रतिनिधि र परिवारको रोहवरमा दुई महिना सुत्केरी बिदा दिईएको जेलर जोखीम वलीले जानकारी दिएका छन् । कैद भुक्तान गरिहेकी रिमाले गत आईतवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शिशु जन्माएकी हुन् । कारागार व्यवस्था कार्यविधि २०७३ मा जमानीमा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार सुत्केरी रिमा बिदामा बस्दा पनि कैद भुक्तान सरह मानिने जेलर वलीले जानकारी दिएका छन् । रिमाले २०७७ साल जेठ २४ गते सम्म कैद भक्तान गर्नुपर्ने अदालतको फैसला छ । रिमाका श्रीमान् बहुविवाह मुद्धामा घोराही कारागारमा रहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस