मुख्यमन्त्री पोख्रेल सहित स्थायी कमिटि सदस्य भोली दाङ आउदै

मंसिर ०६, २०७६  

तुलसीपुर, ६ मंसीर । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा प्रदेश सभा सदस्य पदका लागी आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभालाई सम्वोधन गर्न पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल सहित नेताहरु शनिवार दाङ आउन लागेका छन् । नेकपाको तर्फबाट उम्मेदवार बनेकी बिमला कुमारी खत्री वलीलाई जिताउनका लागी मुख्यमन्त्री सहित नेताहरु दाङ आउन लागेको नेकपा तुलसीपुर वडा नम्वर १ का वडा ईन्चार्ज मेघराज भुसालले जानकारी दिएका छन् ।
शनिवार तुलसीपुर १ मा हुने बृहत चुनावी सभालाई सम्वोधन गर्न मुख्यमन्त्री पोख्रेल सहित नेकपा स्थायी कमिटि सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री तथा स्थायी कमिटि सदस्य जनार्दन शर्मा लगाएतका नेताहरु आउन लागेको उनले जानकारी दिएका छन् । नेकपा स्थायी कमिटि सदस्य युवराज ज्ञवाली भने दाङ आई सकेका छन् । उनीहरुले विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्वोधन गदै बिमलाको पक्षमा भोट माग्ने बताईएको छ । नेकपाकी उम्मेवार बिमलाको पक्षमा मतादाताहरुकोे उत्साजनह सहभागिता बढ्दै गएको बताईएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस